गुरु चण्डाल दोष ज्योतिष शास्त्रमा एक अशुभ योग मानिन्छ, जुन कुण्डलीमा गुरु (बृहस्पति) र राहु वा केतु ग्रहको युति भएमा बन्छ। गुरु ज्ञान, धर्म, र शुभताको कारक ग्रह हो भने राहु र केतु मायावी र पाप ग्रह मानिन्छन्। जब यी ग्रहहरू एकै भावमा वा एक अर्कासँग नजिक हुन्छन्, तब गुरु चण्डाल दोषको निर्माण हुन्छ । यो दोषले व्यक्तिको जीवनमा विभिन्न समस्याहरू ल्याउन सक्छ।
गुरु चाण्डाल दोषका प्रभावहरू :-
1. शिक्षा र ज्ञानमा अवरोध – अध्ययनमा ध्यान केन्द्रित गर्न कठिनाइ, ज्ञानप्राप्तिमा बाधा।
2. नैतिकता र आचरणमा असर – असत्य बोल्ने, छलकपट गर्ने, अनैतिक कार्यतर्फ आकर्षण।
3. आध्यात्मिक उन्नतिमा समस्या – धर्म, संस्कार, र नैतिक मूल्यमान्यताप्रति रुचि कम हुनसक्छ।
4. कानुनी वा सामाजिक समस्याहरू – बेठीक निर्णयहरू लिने, विवादहरूमा पर्न सक्ने सम्भावना।
5. स्वास्थ्य समस्याहरू – मानसिक तनाव, चिन्ता, तथा पेटसम्बन्धी समस्याहरू।
6. वित्तीय समस्याहरू – गलत लगानी वा धोका हुनसक्ने सम्भावना।