कुण्डलीमा गजकेशरी योग

1 week ago
परिभाषा: चन्द्रमाबाट केन्द्रमा(१, ४, ७, १० स्थानमा) बृहस्पति रहेको हुन्छ भने गजकेशरी योग बन्दछ। यदि शुक्र वा बुध नीच राशिमा नभएर वा अस्त नभएर चन्द्रमालाई पूर्ण दृष्टिले देख्दछन् भने प्रबल गजकेशरी योग हुन्छ। फल: यो योगमा जन्म लिने जातक धेरै मित्र, प्रशंसक एवं आफन्तबाट घेरिएर रहने अर्थात् उनीहरु प्रिय पात्र हुन्छ। स्वभावले नम्र, विवेकवान् र सद्गुणी हुन्छ। गजकेशरी योग भएको जातकले जीवनमा उन्नति गर्दछ। कृषि कार्यबाट उसलाई विशेष लाभ मिल्छ र त्यो जातक गाउँ वा नगर प्रमुख बन्न सक्छ। तेजस्वी, मेधावी, गुणज्ञ तथा राज्य पक्षबाट विशेष लाभ प्राप्त गर्ने हुन्छ। स्पष्टतः गजकेशरी योग भएको व्यक्ति जीवनमा उच्च स्थिति प्राप्त गरेर विभिन्न सुखभोग भोग्ने हुन्छ भने मृत्यु पश्चात् पनि उसको यश कीर्ति रहन्छ। गजकेशरी सञ्जातस्तेजस्वी धनधान्यवान्। मेधावी गुण सम्पन्नो राजप्रिय करो भवेत्।।