बृहस्पति ग्रह बारे सामान्य तथ्य एबम् जानकारी!

4 months ago
बृहस्पति ग्रह (गुरु)सौर्यमण्डलमा आकारमा सबैभन्दा ठूलो अनि भारी ग्रह मानिन्छ।यो ग्रह ज्ञान को विशेष कारक मानिन्छ।यो आकाश तत्व को ग्रह हो,बृहस्पति ग्रह को दुई ओटा राशि छन् जसमा धनु र मीन राशि पर्दछन भने धनु राशि यसको मूल त्रिकोण राशि हो।यो ग्रह कर्कट राशि मा उच्च साथै मकर राशि मा नीच मानिन्छ।बृहस्पति ग्रह को स्वरूप विप्र(ब्राह्मण )हो।यो ग्रह द्वितीय ,पञ्चम अनि नवम भाव को विशेष कारक ग्रह मानिन्छ।"कारको भाव नाशय"सिद्धान्त अनुसार जुन भाव को स्वामी हो त्यो ठाउँ मा बस्दा संबंधित भाव को कुनै एक कार कत्व मा विशेष कमी वा हानि पुर्याउने हुन्छ।मेरो खोज अनि अनुसंधान बाट पाए अनुसार यसले त्यो सिद्धान्त अतिरिक्त आफू बसेको सबै ठाउँ मा हानि नगरी विशेष त शनि को राशि मा हुँदा केही न केही विशेष वस्तु वा चीज को पक्कै पनि कमजोरी वा हानि गरेको पाएको छू।यसमा विचार गर्नु पर्ने देखिएको छ।गुरु को तीन ओटा विशेष दृष्टि हुने गर्दछ जसमा आफू बस्को स्व:स्थान बाट ५,७,९ भाव मा देख्दछ भने यसको दृष्टि अमृतमय हुने गर्दछ जसमा रक्षा गर्ने प्रवृति पाइन्छ।जुन भाव मा गुरु ग्रह को दृष्टि पर्दछ त्यो भाव को केही न केही कार कत्व मा सहयोग पक्कै पुगेको हुन्छ वा भनौं त्यो भाव को विशेष रक्षा कवच भन्दा फरक नपर्ला जस्तै मृत्यु(८)भाव मा परे बार बार ठूलो पीडा,कष्ट बाट निवारण गर्दछ।यो ग्रह विशेष गरेर धर्म,भाग्य,नैतिकता ,शास्त्र,धार्मिक अनुष्ठान लगायत अन्य धेरै कुरामा विशेष सरोकार राख्दछ,साथै सबसे अधिक सुभ ग्रह पनि हो।यसको दिशा:ईशान कोण (उत्तर पूर्व)मानिन्छ।यो दिशा मा पुजा पाठ सामग्री मन्दिर सुभ मानिन्छ जसमा गुरु को प्रभुत्व हुन्छ।गुरु ग्रह संबंधित व्यवसाय मा जस्तै:ज्योतिष,न्यायाधीश,पुरोहित,राम्रो परामर्श दाता ,कानून संबंधित पेशा,सुन सँग सम संबंधित कारोबार आदि इत्यादि पर्दछन।गुरु ग्रहले सूर्य,चन्द्रमा,मगल ग्रह लाई मित्र मान्दछन् भने बुद्ध ,शुक्र लाई शत्रु साथै शनि र राहु लाई सम मान्दछन्। सुभ गुरु बाट प्रभावित व्यक्ति सत्यबोल्ने वाला,आचरण शुद्ध भएको ,गुरु हरु को सम्मान गर्ने,सत्मार्ग देखाउने सुबुद्दी वाला दयालु स्वभाव को पनि हुने गर्दछ।यो ग्रह विशेष गरेर स्त्री जातिका को कुण्डली मा सुभ हुन जरुरी हुन्छ किन कि गुरु ग्रह स्त्री जातिका को कुण्डली मा विशिष्ट कारक ग्रह को भूमिका निर्वाह गर्दछ।सुमुधुर वैवाहिक जीवन अनि भाग्य को लागि यसको आफ्नो भूमिका रहेको छ।गुरु ग्रह को सुभ बार:बृहस्पतिवार(बिहीबार),रत्न;पुष्पराज,दान गर्ने वस्तु:पहेंलो कपडा,पहेंलो धान,घिउ,नुन,चीनी।जाप संख्या:१९०००(कुल पुजा), दशा अवधी:१६ वर्ष,गुरु ग्रह लाई १ राशिबाट अर्को राशि सम्म पुग्न वा एक राशि मा परिक्रमा गर्न (१) साल लाग्छ।